स्थानीय तहकाे निर्वाचन जुनसुकै मितिमा भए पनि सामना गर्न तयार छौं : नेपाल
काठमाडौं१५, माघ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न आफु तयार रहेको बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफूहरु चुनावसँग नडराएको बताउनु भएको हो ।
चुनाव आगामी वैशाख, जेठ,असार र असोजमा नै भए पनि सामना गर्ने उहाँको तर्क छ । स्थानीय तह एवं केन्द्रीय निर्वाचन जुन पहिला भए पनि आफु सामना गर्ने उहाँले बताउनु भएको छ ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही समयमा निर्वाचनमा जान आफूहरु तयार रहेको बताउनु भयो ।
वि.स.२०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते भएकाले त्यसैलाई आधार मानेर ६ महिना भित्र निर्वाचन गर्न उचित हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।