त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा माेबाइल चलाउन नपाउने


काठमाण्डाै १४ ,माघ

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले आज शुक्रवार सूचना निकालेर अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको छ ।

मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने सूचनामा भनिएको छ । अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतलाई जानकारी गराइ स्वीकृति भएपछि मात्र प्रयोग गर्न पाइने भएको छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्नुपर्ने छ ।

प्रतिक्रिया