बोहोराटार पुगेका नेताहरुलाई रामचन्द्रले भने– अब सभापतिमा चुनाव लड्दिनँ


काठमाडौँ, २५ मङ्सिर

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अब सभापतिमा चुनाव नलड्ने बताएका छन् । आफ्नो समूहभित्र सभापतिको साझा उम्मेदवार तय हुन नसकेपछि पौडेलले आफू सभापतिको उम्मेदवार नबन्ने र कसैले साझा उम्मेदवार तयार गर्न सकेको खण्डमा सहयोग भर्ने गर्ने बताएका
हुन् ।

पौडेल सके आफ्नै नाममा र त्यो नभए सभापतिका आकांक्षी नेताहरुमध्येबाट एक जना साझा उम्मेदवार तयार हुनुपर्ने पक्षमा थिए । तर सहमति बिनै प्रकाशमान सिंह सभापतिको दौडमा अघि सरेपछि निराश बनेका पौडेलले अब आफू सभापतिको रेशमा नरहेको बताएका हुन् ।

शनिबार बिहान पौडेल निवास बोहोराटारमा नेताहरु मिनेन्द्र रिजाल, अर्जुन नरसिंह केसी, बद्री पाण्डे, महेश आचार्य, गगन थापालगायत नेताहरु छलफलका लागि पुगेका थिए । सो क्रममा उनले आफूले सभापतिको चुनाव नलड्ने र कसैको नाममा सहमति जुटेको खण्डमा आफूले सहयोग गर्ने पौडेलले बताएका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया