राप्रपामा महँगो उम्मेदवारी : अध्यक्षका लागि १ लाख रुपैयाँ, उपाध्यक्षका लागि ७५ हजा


काठमाडौँ, १६ मङ्सिर

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क तोकिएको छ । यो अन्य पार्टीको महाधिवेशनमा उम्मेदवारले तिर्ने भन्दा निकै महँगो शूल्क हो ।

 

उपाध्यक्षमा उम्मेदवारी दिनेका लागि ७५ हजार रुपैयाँ शूल्क राखिएको छ भने महामन्त्री पदका लागि ५० हजार रुपैयाँ शूल्क तोकिएको छ । सबैभन्दा कम शुल्क केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ राखिएको छ ।

बिहिबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ । साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

प्रतिक्रिया