सर्वोच्चको आदेश- तोसिमा कार्कीको उम्मेदवारी कायमै


काठमाडौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने भएको छ।

निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले आज आदेश दिँदै तोसिमाको उम्मेदवारी कायमै रहेको बताएको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले तोसिमाको उम्मेदवारी कायमै रहने जानकारी दिए।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि दिएको आदेशलाई निरन्तरता दिँदै तोसिमाको उम्मेदवारी कायम गर्न आदेश दिएको सूचना अधिकारी ढकालले बताए।

निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

निर्वाचन आयोगले लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरीपछि उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

प्रतिक्रिया