कोरोना बिमा बापतको रकम भुक्तानी गर्न उच्च अदालतको आदेश


कोरोना बिमा बापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा बिमा रकम भुक्तानीका लागि आदेश माग गर्दै रिट दायर गरेको थियो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले बिमा सम्झौता गर्ने अजोड इन्स्योरेन्ससहित बिमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।

नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २०० जनाभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको बिमा गरिएको थियो । त्यसमध्ये ५१ जना बिमितमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । बिमा गरेकामध्ये ३१ जनाले भुक्तानी पाउन बाँकी छ

प्रतिक्रिया