झरीबीच मनाइयो गणतन्त्र दिवस


काठमाडौ । आज जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । यस दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । काठमाडौँको टुँडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । बिहान झरीबीच सो कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया