घरजग्गा कारोबारका लागि छुट्टै संस्था बनाउने सरकारको योजना
सरकारले घरजग्गाको कारोबारलाई नियमन गर्ने भएको छ। अत्यधिक रूपमा घरजग्गाको कारोबार भएको र अनधिकृत रूपमा मूल्यवृद्धि भएको गुनासोका बीच सरकारले त्यसलाई नियमन गर्न लागेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।
घरजग्गाको कारोबारका लागि नियमन गर्न छुट्टै संस्था बनाउने सरकारको योजना छ। विद्यमान व्यवस्थाअनुसार राजस्वको छली तथा वास्तविक कारोबारको विवरणसमेत थाहा नहुने भएकाले छुट्टै संस्था स्थापना गर्न लागिएको हो।