मूल्यवृद्धिविरूद्ध रित्तो सिलिण्डर बोकेर प्रदर्शन


नेकपा एमालेनिकट भातृसंगठन अनेरास्ववियुले इन्धनमा भएको मूल्यवृद्धिविरूद्ध विराटनगरमा मंगलबार रित्तो एलपी ग्यास सिलिण्डरसहित प्रदर्शन गरेको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न र महँगी नियन्त्रणको माग गर्दै अनेरास्ववियुले विराटनगरमा प्रदर्शन गरेको हो।
प्रदर्शनकारीले रित्तो ग्यास सिलिण्डर र रित्तो मोटरसाइकल डोर्‍याएर सांकेतिक विरोध गरेका थिए।

‘नालायक गठबन्धन सरकार मुर्दावाद, मूल्यवृद्धि नियन्त्रण गर’ जस्ता नारा लगाउँदै अखिलले प्रदर्शन गरेको हो।

प्रतिक्रिया