कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने


 

काठमाडौं २,वैशाख

सत्तारूढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । यस्तै सात प्रदेशमा सातजना सहमहामन्त्रीलाई परिचालन गर्ने पनि पार्टीले निर्णय गरेको छ ।

पार्टीले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य समेत रहेका समिति सदस्य नैनसिंह महरले जानकारी दिए ।

 

बैठकको सुरुवातमै समिति संयोजक पूर्णबहादुर खड्काले प्रतिनिधि पठाउने विषय प्रस्ताव राखेका थिए ।

“सातै प्रदेशको पालिका तहमा प्रतिनिधि पठाउने प्रस्ताव आयो । तर, कसलाई कहाँ पठाउने भन्ने निर्णय भइसकेको छैन । संभवतः आज भोलि नै नाम फाइनल लाग्छ,” महरले भने ।

प्रतिक्रिया